५५७ मा कोरोना संक्रमण, ८७७ जना निको, तीनको मृत्यु


७ कार्तिक २०७८, आईतवार
korona

काठमाडौं, ७ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ७,६२५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५५७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पिअिसार परीक्षण गर्दा ५२२ र १,५६४ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ८७७ संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा तीन जना संक्रमितको मृत्यु भएको छ । देशभर १० हजार २०१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २२० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७,५७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७