इङलिस प्रिमियर लिग : लिभरपुलसँग म्यानचेस्टर युनाइटेड ५–० ले पराजित


८ कार्तिक २०७८, सोमबार
e p l QJqdPZ8frX

काठमाडौं, ८ कात्तिक । इङलिस प्रिमियर लिगअन्तर्गत आइतबार रातिको खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ५–० गोलअन्तरले पराजित भएको छ ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा म्यानचेस्टर युनाइटेड चिरपरिचित प्रतिद्वन्द्वी लिभरपुलसँग लज्जाजनक हार व्यहोरेको हो । फरवार्ड मोहमद सलाहको ह्याट्रिकमा लिभरपुल ५–० गोलअन्तरको शानदार जित हासिल गर्न सफल भएको हो ।

नेभी काइटाको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । १३ औं मिनेटमा जोटाले अर्काे गोल थपे । खेलको ३८औं मिनेट र इन्जुरी टाइममा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा ४–० को अग्रता दिलाएका सलाहले दोस्रो हाफमा थप एक गोल गरे । उनले ५० औं मिनेटमा ह्याट्रिक गरेका हुन् ।

६०औं मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित भएको थियो । दोस्रो हाफमा मेसन ग्रीनवुडको स्थानमा प्रवेश गरेका पल पोग्बा रातो कार्ड खाँदै बाहिरिएका थिए । योसँगै ९ खेलमा ६ जित र ३ बराबरी गर्दै २१ अंकका साथ लिभरपुल दोस्रो स्थानमा कायम छ । उता हारेको युनाइटेड भने ३ जित, २ बराबर र ३ हारसँगै सातौं स्थानमा छ । शीर्षस्थानको चेल्सीको २२ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७