म्यानमारमा अधिकारवादी नेता को जिम्मी पक्राउ


८ कार्तिक २०७८, सोमबार
ko jimmy w3fuNp0dqE

काठमाडौं, ८ कात्तिक । म्यानमारको सेनाले अधिकारवादी नेता को जिम्मीलाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार म्यानमारमा सैन्य कूविरुद्ध आवाज दबाउने उद्देश्यका साथ सेनाले उनलाई पक्राउ गरेको हो। को जिम्मीको वास्तविक नाम क्याव मिन यू हो ।

सेनाले उनलाई आइतबार यान्गुनस्थित उनकै निवासबाट पक्राउ गरेको हो । उनकी पत्नीका अनुसार सेनाले उनलाई कहाँ राखिएको छ भन्ने जानकारी समेत दिएको छैन । को जिम्मी सन् १९८८ मा म्यानमारमा सैन्य शासनविरुद्ध भएको विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए ।

उनी सन् २००७ मा पनि तत्कालीन सेनाको सरकारविरुद्ध भएको प्रदर्शनको क्रममा पक्राउ परेका थिए । सन् २०१२ मा उनी रिहा भएका थिए । म्यानमारको सेनाले यसअघि नै को जिम्मीविरुद्ध समाजमा अस्थिरता उत्पन्न गर्न सहयोग गरेको भन्दै पक्राउ पुर्जी जारी गरेको थियो । तर, म्यानमारमा सैन्य कूविरुद्ध भएको प्रदर्शनको कारण उनलाई अहिलेसम्म पक्राउ भने गरेको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७