ओलीलाई प्रचण्डको सुझाव, ‘अब भाषण होइन, ‘एक्सन’


२७ फाल्गुन २०७४, आईतवार
Parchanda 1
cWoIf bfxfn k|ltlglw;efsf] a}7sdf af]Ng’x’Fb} g]skf -dfcf]jfbL s]G›_ sf cWoIf Pj+ ;+;bLo bnsf g]tf k’iksdn bfxfn …k|r08Ú cfOtaf/ a;]sf] k|ltlglw;efsf] a}7sdf af]Ng’x’Fb} . tl:a/M /Tg >]i7, /f;;

काठमाडौँ, २७ फागुन :  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले भाषण होइन, सिधै परिणाम खोजेको बताएका छन् । प्रधानमन्त्री ओलीलाई ‘एक्सन’ जान उनको सुझाव छ ।

Parchanda 1

प्रतिनिधिसभाको आइतबार बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा भाषण धेरै भएकाले सिधै ‘एक्सन’ चाहिएकाले सरकारले त्यसतर्फ लाग्ने विश्वास व्यक्त गरे । मुलुकमा विद्यमान सबै प्रकारको बेथिती, विकृति अन्त्य गर्न कदम चाल्ने विश्वास व्यक्त गरे । भने, ‘सुरक्षा निकाय, प्रशासन, न्यायलय सबैतिर विकृति छ । प्रधानमन्त्रीलाई यी विषयमा जानकारी छ भन्ने उहाँको भनाइबाट स्पष्ट भएको छ । यो पटक जनताले जसरी भरोसा गरेका छन् । त्यसलाई कामबाट पुष्टि गरियोस् भन्ने नेपाली जनताको अपेक्षा छ । सरकारले परिणाम देखाउन शुरु गरोस् ।’

इतिहासमै पहिलोपटक दुई तिहाइ बहुमतको सरकार बनेको र सरकारको हात बलियो रहेकाले भ्रष्टाचार नियन्त्रण गर्न दृढताका साथ कदम चाल्न आग्रह गरे । प्रचण्डले भने, ‘नेपाली जनताले वर्तमान सरकारप्रति ठूलो भरोसा गरेका छन् । राज्यका सबै अंगमा हुने गरेको ढिलासुस्तीका विरुद्ध कदम चाल्ने भरोसा गरेका छन् । जनताको भरोसालाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीप्रति आफू र आफ्नो पार्टीको गहिरो विश्वास रहेको भन्दै उनले प्रधानमन्त्रीले गरेका प्रतिवद्धता व्यवहारमा देखिनुपर्ने बताए। ‘हामीले उपदेशद्वारा होइन कामद्वार जनतालाई अनुभूति दिलाउन पर्छ कि यो नयाँ सरकार हो भन्ने’, उनले भने।

बालिका बलात्कार, बोक्सीको आरोपका बारेमा चर्चा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारले सिधैँ कारबाही गर्नुपर्ने बताए। ‘यस्ता घटनामा अब चर्चा गर्ने होइन् सरकारले सिधैँ कारबाही गर्नुपर्छ’, यो सबैभन्दा अधिार प्राप्त सरकार हो, यसलाई काम गर्न कसैले रोक्न सक्दैन।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७