यमनमा २६० हुथी विद्रोही मारिएको साउदी गठबन्धनको दाबी


८ कार्तिक २०७८, सोमबार
saudi

काठमाडौं, ८ कात्तिक । यमनमा पछिल्लो तीन दिनमा २६० हुथी विद्रोही मारिएको साउदी अरेबिया नेतृत्वको गठबन्धनले दाबी गरेको छ ।
अलजाजिराका अनुसार यमनको रणनीतिक हिसाबमा महत्वपूर्ण मारिब सहरमा उक्त संख्यामा विद्रोही मारिएको साउदी गठबन्धनले बताएको हो । अहिलेसम्म मृत्यु हुनेको संख्याबारे स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । हुथी विद्रोहीले सामान्यतयाः आफ्नो नोक्सानी भएको सार्वजनिक गर्दैन ।

साउदी गठबन्धनले भने पछिल्लो तीन दिनमा हुथी विद्रोहीको ३६ सैन्य सवारीसाधन पनि ध्वस्त पारिएको दाबी गरेको छ । पछिल्लो दुई सातामा साउदी गठबन्धनले निरन्तर यमनको मारिबमा हवाई आक्रमण गरिरहेको छ ।

गत साता साउदी गठबन्धनले मारिबको दक्षिणी क्षेत्रमा १६० हुथी विद्रोही मारिएको दाबी गरेको थियो । यमनमा सन् २०१४ मा हुथी विद्रोहीले राजधानी सनामा कब्जा जमाएपछि गृहयुद्ध सुरु भएको थियो । अहिलेसम्म यो युद्धमा हजारौंको मृत्यु भइसकेको छ । युनिसेफका अनुसार सात वर्षदेखि चलेको यो युद्धमा १० हजार बालबालिका घाइते वा मारिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७