काठमाडौंबाट ११ अफगानी नागरिक पक्राउ


८ कार्तिक २०७८, सोमबार
pakrau
फाइल फोटो

काठमाडौं, ८ कात्तिक । काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधार कार्ड समेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको आधार कार्ड नक्कली भएको प्रहरीको भनाइ छ ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए । उनीहरु रुपन्देहीको नेपाल–भारत सीमाना बेलहियाबाट नेपाल प्रवेश गरेको पाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७