सर्लाहीका तीन सुरक्षा अधिकारीको जिम्मेवारी खोसियो, दरबारमार्ग प्रहरीको जिम्मा खड्कालाई


८ कार्तिक २०७८, सोमबार
CDO office Sarlahi 1

काठमाडौं, ८ कात्तिक । सर्लाहीका तीन सुरक्षा अधिकारीको जिम्मेवारी खोसिएको छ । कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन् ।

गृह मन्त्रालयका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ । नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरलाई हटाएर एसपी कृष्ण प्रसाईंलाई जिम्मा दिएको छ । सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठ पनि जिम्मेवारीबाट हटाइएका छन् ।

दरबारमार्ग प्रहरीको जिम्मा खड्कालाई

प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त, दरबारमार्गको जिम्मेवारी डीएसपी विश्वराज खड्कालाई दिएको छ । यसअघि बालाजु प्रहरी वृत्तको जिम्मेवारी सम्हालिसकेको भए पनि सत्तारुढ नेपाली कांग्रेस निकट खड्कालाई दरबारमार्गको जिम्मेवारी दिइएको हो ।

Bisworam Khadka

धादिङका गुण्डा नाइके राधे भण्डारी समूहलाई सहयोग गरेको आरोप लागेपछि उनलाई गजुरीबाट प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । प्रहरीले उनलाई दरबारमार्गको जिम्मा दिन काज सरुवा गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलमा पनि डीएसपी ठगबहादुर केसीलाई पठाइएको छ । बुटवलका डीएसपी मदन कुँवर चार महिनामै हटाइएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७