दलहरुबीच सहमति नभए एमसीसी पास सम्भव छैन : परराष्ट्रमन्त्री खड्का


८ कार्तिक २०७८, सोमबार
Narayan Khadka

उदयपुर, ८ कात्तिक । परराष्ट्रमन्त्री डा.नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भए मात्र एमसीसी पास हुने बताएका छन् ।

नेपाल प्रेस युनियनले आज उदयपुर जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ’अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरुको सहमति बिना पास गर्न सम्भव छैन, त्यस कारण सबै दलहरुबीच छलफल गरेर सहमति भए मात्र एमसीसी पास हुन्छ ।’

एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धनभित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा (एमाले) बीच पनि छलफल गरेर सहमति भए तत्कालै एमसीसी पास हुने मन्त्री खड्काले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७