पत्रकार राईको भिरबाट लडेर मृत्यु


८ कार्तिक २०७८, सोमबार
kisan rai 2UUrCELlNE

खोटाङ, ८ कात्तिक । पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु भएको छ । गए राति ओखलढुङ्गाबाट खोटाङ हुँदै धरान जाने क्रममा खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ पंखु खोलामा लडेका राईको उपचारका क्रममा मृत्यु भएको हो । यात्राका क्रममा राई सवार गाडी रोकेर शौच गर्ने क्रममा भिरबाट लडेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष हुन् । राई हङकङबाट प्रकाशित हुने एभरेष्ट साप्ताहिक तथा एभरेष्ट खबर डटकमका प्रकाशक तथा सम्पादक र नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष समेत भएको प्रेस चौतारी नेपालका महासचिव राजेश राईले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७