मन्त्रिपरिषद् बैठक बस्दै, त्यसअघि प्रधानमन्त्रीले मन्त्रीहरूसँग छलफल गर्दै


८ कार्तिक २०७८, सोमबार
deuwa cabinet 1

काठमाडौं, ८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (सोमबार) अपराह्न मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठकअघि अहिले प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीहरुसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले पुष्टि गरेको छ ।

केही दिनअघिको वर्षाका कारण बाढी पहिरो र डुबानबाट भएका जनधन क्षतिबारे छलफल गर्न प्रधानमन्त्री देउवाले मन्त्रीहरूलाई बोलाएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७