चीनमा फेरि बढ्यो कोरोना संक्रमण


८ कार्तिक २०७८, सोमबार
korona 6

काठमाडौं, ८ कात्तिक । चीनले अर्को सूचना नआउँदासम्मको लागि बेइजिङ म्याराथन स्थगित गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जारी रहेको भन्दै चीनले बेइजिङ म्याराथन स्थगित गर्ने निर्णय गरेको हो ।

चिनियाँ विशेषज्ञले चीनमा ठूलो संख्यामा कोरोना संक्रमण फैलिन सक्ने चेतावनी दिएसँगै यो स्थानीय प्रतियोगिता रोकिएको हो । चीनले पछिल्लो एक सातामा ११ प्रान्तमा १३३ नयाँ संक्रमित भेटिएको बताएको छ । उनीहरु सबैमा निकै संक्रामक मानिएको डेल्टा भेरियन्ट पाइएको छ ।

अक्टोबर ३१ मा हुन गइरहेको बेइजिङ म्याराथनमा करिब ३० हजार मानिस सहभागी हुने अपेक्षा थियो । यो चीनको सबैभन्दा ठूलो स्थानीय प्रतियोगितामध्येको एक हो । म्याराथन आयोजकले कोरोना महामारीको संक्रमण नियन्त्रणको लागि यो प्रतियोगिता स्थगित गर्नु परेको बताएका छन् । अहिले चीनमा स्थानीय टोलीले अर्को प्रान्त तथा सहरमा भ्रमण गरेको कारण संक्रमण फैलिएको हुन सक्ने बताइएको छ । कोरोना संक्रमण नियन्त्रणमा चीन सफल देखिँदै आएको छ । चीनले मुलुकमा संक्रमण फैलिन नदिन लगाइएको विभिन्न प्रतिबन्ध कायमै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७