सर्वोच्चमा न्यायधीशहरुले गरे बेञ्च बहिष्कार, रोकियो सबै मुद्दाको सुनुवाइ


८ कार्तिक २०७८, सोमबार
sarbochha

काठमाडौं, ८ कात्तिक । सर्वोच्च अदालतमा आज (सोमबार) खाजा समय अघिसम्म इजलास बस्न सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर बाहेकका अरु १३ जना न्यायाधीश छुट्टै बैठकमा बसेपछि सोमबार तोकिएका ७ वटामध्ये कुनै पनि इजलास बस्न सकेको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध मोर्चाबन्दी गरेका न्यायाधीशहरूले सर्वोच्च अदालतको बेञ्च समेत अघोषित रुपमा बहिष्कार गरेका छन् । सोमबार तोकिएका सात वटा इजलासमा कार्यालय शुरु भएको तीन घण्टा बितिसक्दा पनि कुनै मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

प्रधानन्यायाधीश जबराले सोमबार ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका छन् । उनले आफ्ना लागि भने इजलास तोकेका छैनन् । प्रधानन्यायाधीश जबराले सोमबार हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ता उपाधिका विषयमा छलफल गर्न सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका थिए । तर सोमबार सर्वोच्चमा उपस्थित भएका जबराबाहेकका १३ जना न्यायाधीशले फुल कोर्ट बैठक बहिष्कार गरेर छुट्टै बैठकमा बसेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७