यू २३ एसियन कप नेपालले इरानको सामना गर्दै


८ कार्तिक २०७८, सोमबार
u 23 1024x635 1

काठमाडौं, ८ कात्तिक । ताजिकिस्तानमा नेपाली युवा टोलीले सोमबार एएफसी यू २३ एसियन कप छनोटको यात्रा सुरु हुदैंछ
। समूह ‘बी’ को पहिलो खेलमा नेपाल र बलियो इरानबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

युवा टोलीका गोलकिपर समेत रहेका कप्तान अपर्ण कार्कीले अभ्यास सत्र राम्रो भएको उल्लेख गर्दै भने, ‘इन्डोनेसियासँगको मैत्रीपूर्ण खेलले पनि हामीलाई मद्दत पुगेको छ । हामीले आफ्नो कमजोरी थाहा पाउन अवसर मिलेको छ । हामी आफ्नो उत्कृष्ट दिनका लागि तयार छौं ।’
साफ च्याम्पियनसिपको उपविजेता टोलीका ६ खेलाडी यू २३ मा समावेश छन् । जसमा डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठ, मिडफिल्डरहरु नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलान तथा फरवार्ड मनिष डाँगी छन् । त्यस्तै राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका राजन गुरुङ, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अभिषेक रिजाल र दर्शन गुरुङ पनि टोलीमा छन् ।

महर्जनले गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बरालमाथि भरोसा गरेका छन् । डिफेन्समा शिव गुरुङ, रन्दिप पौडेल र अभिषेक लिम्बु पनि छन् । त्यस्तै मिडफिल्डमा अनिल महर्जन, राजीव लोप्चन, रोशन पहरी र शिशिर लेखिलाई पनि उनले मौका दिएका छन् । आक्रमणमा आकाश बुढामगर र ऋतिक कुमार खड्का टोलीमा छन् ।

एएफसी यु–२३ एसियन कप छनोट कात्तिक ८ गतेदेखि १४ गते सम्म हुँदैछ । छनोटमा समूह ‘बी’ मा नेपालले इरानसँगै आयोजक ताजिकिस्तान र लेवनानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तान र कात्तिक १४ गते लेबनानसँग खेल्नेछ ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो । समूह के बाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समुहमा तीन टोली छन् । त्यस्तै समूह एफमा पनि चीन र ब्रुनाईले नाम फिर्ता लिएका छन् । प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ । छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछ ।

नेपाली यू २३ टोली

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी

फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७