सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने


८ कार्तिक २०७८, सोमबार
siddhartha bank

काठमाडौं, ८ कात्तिक । सिद्धार्थ बैंकले लाभांश वितरणसम्बन्धी निर्णय गरेको छ । बैंकको हिजो (आइतबार) बसेको सञ्चालक समितिको ३८१ औं बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लागू हुने गरी बैंकको हाल कायम चुक्ता पुाजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँबाट १४.२५ प्रतिशत अर्थात् १ अर्ब ५६ करोड २१ लाख २७ हजार ६ सय ३६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत अर्थात् ८ करोड २२ लाख १७ हजार २ सय ४४ रुपैयाँ नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७