तस्कर, माफिया र भ्रष्ट कर्मचारीको सूची बनाउँदैछु : गृहमन्त्री

सञ्चारकर्मीहरुलाई भने, 'सूचना दिनुहोस्, कारबाही गर्छु'


२७ फाल्गुन २०७४, आईतवार
Ram Bahadur Thapa
u[xdGqL yfkf–kqsf/;Fu 5nkmn u[xdGqL /fdaxfb’/ yfkf ;’/Iff ljifodf l/kf]l6{ª ug]{ kqsf/;Fu cfOtaf/ u[x dGqfnodf 5nkmn ub}{ . tl:a/M ls/0f e§/fO{, /f;;

काठमाडौँ, २७ फागुन :  गृहमन्त्री रामबहादुर थापा बादलले भ्रष्ट कर्मचारी, तस्कर र व्यापारी माफियाको सूची मन्त्रालयले बनाइरहेको खुलासा गरेका छन् । देशमा अशान्ति कायम गर्ने अपराधी र अर्थतन्त्रलाई तहसनहस पार्ने तस्करविरुद्ध मन्त्रालयले कडा नीति अख्तियार गर्ने उनको भनाई छ ।

Ram Bahadur Thapa

सुरक्षा क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारसँग आइतबार मन्त्रालयमा भएको भेटमा मन्त्री थापाले दैनिक अर्बौको राजस्व चुहावट, हुण्डी र रेमिटेन्स भित्रिन रोक्ने तत्वविरुद्ध सुरक्षा अंगले निर्ममतापूर्वक कारवाही थाल्ने योजना सुनाए । उनले भने, ‘त्यस्ता अपराधी र तस्करविरुद्ध तपाईंहरुले सञ्चार माध्यमबाट समेत सूचना दिनुहोस्, मन्त्रालयले प्रशासनिक ढंगबाट तिनीहरुविरुद्ध कारबाही गर्छ ।’ गहृमन्त्री थापाले सुरक्षा निकायदेखि उद्योगी, व्यवसायी, प्रशासन हरेक क्षेत्रमा केही गलत गतिविधिमा संलग्न केही व्यक्तिका कारण ती निकाय नै बदनाम भएको भन्दै त्यस्ता व्यक्तिको पहिचानमा मन्त्रालय लागेको बताए ।

छली र हुण्डी विरुद्ध निर्ममतापूर्वक हुन्छ
तस्करका कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई सुधार गर्न भन्सार छली गर्ने र हुण्डीको कारोबार गर्ने विरुद्ध निर्ममतापूर्वक मन्त्रालयले अभियान चलाउने गृहमन्त्री थापाको भनाइ छ । उनले भने, ‘एउटा कम्पनीले रु ४७ अर्ब सरकारलाई तिर्नुपर्ने कर तिरेको छैन, केही कम्पनीले कर नतिरी मिनाहाका लागि नेताको घर चहार्दैछन् । त्यो पैसाले जलविद्युत्मा लगानी गरेको भए सयौँ मेगावाट विद्युत् उत्पादन हुन्थ्यो ।’

उनले सुरक्षा संयन्त्रको संंरचनामा व्यापक परिवर्तन आवश्यक रहेको भन्दै त्यसका लागि काम शुरु गरिने जानकारी दिनुभयो । गृहमन्त्रीका रुपमा जनताले राहत महशुस गर्ने गरी आफूले काम गर्ने उनको भनाइ छ । प्रहरीको आवासगृहदेखि वृत्ति विकाससम्मका कामलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताए ।

उनले केही समूहले जातीयता, केहीले जनसत्ताको नाममा तथा केहीले धर्म र राजतन्त्रको नाममा अस्थिरता निम्त्याउन खोजेको भन्दै त्यस्ता गतिविधिलाई कडाइपूर्वक नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरे । त्यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार राजनीतिक र प्रशासनिक दुवै कदम सरकारले चाल्ने उनको भनाइ छ ।

मन्त्रालय मातहत पनि जासुसी संगठन आवश्यकता छ

गृह मन्त्रालयबाट राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएकाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले प्रधानमन्त्री कार्यालयका साथै गृह मन्त्रालय मातहत पनि जासुसी संगठनको आवश्यकता रहेको बताए । गृहमन्त्री थापाले मुलुकको शान्ति, सुशासन, स्थिरता र विकासका लागि पत्रकारसँग हातेमालो गरेर जान मन्त्रालय तयार रहेको भन्दै त्यसका लागि सहयोग गर्न आग्रहसमेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७