८७ अंक बढ्यो नेप्से, डेढ दर्जन कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि


८ कार्तिक २०७८, सोमबार
Share 1

काठमाडौं, ८ कात्तिक । आज (सोमबार) शेयर बजार परिसूचक नेप्से ८७ अंकले बढेको छ । ८७.६३ अंकले बढेर परिसूचक २६७२ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि बढेको छ । हिजो २ अर्ब ७७ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ४ अर्ब ३० करोड पुगेको छ । यस दिन १८३ कम्पनीको मूल्य बढ्यो भने ३ कम्पनीको मूल्य घट्यो ।

सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ३७, विकास बैंक ३०१, फाइनान्स १७६, होटल तथा पर्यटन ८१, जलविद्युत २००, लगानी ३, जीवन बीमा ५३७, उत्पादन १४३, माइक्रोफाइनान्स १२१, निर्जीवन बीमा ४६७, अन्य ४६ र ब्यापार उपसमूह १५ अंकले बढे ।

डेढ दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । गोर्खा फाइनान्स, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट, मल्टिपर्पोज फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रो, सिनर्जी पावर, अरुण काबेलीको मूल्य १० प्रतिशतले बढ्यो ।

त्यस्तै १० प्रतिशत नै मूल्य बढेका अरु कम्पनीमा हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, राधी विद्युत, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा, शिवश्री र ग्रीनलाइफ हाइड्रोपावर छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७