नेपाल पेमेन्ट सोलुसन्स र बैंक अफ काठमाडौंबीच सहकार्य


८ कार्तिक २०७८, सोमबार
BOK NPS

काठमाडौं, ८ कात्तिक । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाडौँसँग सहकार्यको लागि सम्झौता गरेको छ।

नेपाल पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेश डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ तथा बैंक अफ काठमाडौँको तर्फबाट हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस अपरेसन्स अमर राजभन्डारी र कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स अफिसर डिलन शाक्यले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरे।


सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले बैंक अफ काठमाडौंसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब बैंक अफ काठमाडौंसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्। नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको जनाएको छ।

नेपाल पेमेन्ट सोलुसन प्रा. लि.एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएसपीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।


नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ। समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ३० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १० भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७