एमालेको पालिका अधिवेशन आज, ओलीले थापाथलीबाट उद्घाटन गर्दै


९ कार्तिक २०७८, मंगलवार
kp sharma oli nCAkzXpDjq

काठमाडौं, ९ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अधिवेशनको चटारोमा छ । नेकपा एमालेको आज (मंगलबार) पालिका अधिवेशन हुँदैछ । पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । एमालेले ७५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो । पालिकामा अधिवेशनले ५ सदस्यीय पदाधिरकारी चयन गर्नेछ । अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उप–सचिव –२ चुनिने छन् ।

गाउँपालिका र नगरपालिकामा, ७५ उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १०१ सदस्यीय कमिटी चयन हुनेछ । एमालेले शनिबार मात्रै ६ हजार भन्दा बढी वडा अधिवेशन गरेको थियो ।

६ हजार ७४५ मध्ये बाढी र पहिरोका कारण केही ठाउँका अधिवेशन सरेको थियो । सरेका वडाको अधिवेशन कात्तिक १५ गतेभित्र सक्ने कार्यालय सचिव तामाङले जानकारी दिए । एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म दशौं राष्ट्रिय अधिवेशन गर्दैछ । सोही अधिवेशन अन्तर्गत वडा, पालिका अधिवेशन गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७