सुडानमा सैनिक ‘कु’ विरुद्धको प्रदर्शनमा सेनाले गोली चलाउँदा सातको मृत्यु, १४० घाइते


९ कार्तिक २०७८, मंगलवार
sudan ku1635211892

काठमाडौं, ९ कात्तिक । सुडानमा सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा उत्रिएका नागरिकमाथि सेनाले गोली चलाउँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । १४० जना घाइते भएका छन् ।

सशस्त्र बलले नागरिक शासन अपदस्त गरी राजनीतिक नेताहरूलाई पक्राउ गरेर संकटकाल घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा आएका थिए । प्रदर्शनकारीहरूले सेना विरोधी नारा लगाएका छन् ।

केन्द्रीय बैंकका कर्मचारीहरू पनि विरोध प्रदर्शनमा सहभागी भएको बताइएको छ । डाक्टरहरूले आकस्मिक बाहेकका सेवा उपलब्ध गराउन अस्वीकार गरेका छन् । सैनिक फौजहरू स्थानीय आन्दोलन आयोजकहरूलाई पक्राउ गर्न राजधानी खार्तुमको घरघरै गइरहेको बताइएको छ । ‘कू’ को विश्वभरीबाट निन्दा गरिएको छ । अमेरिकाले ७०० मिलियन डलर सहयोग रोकेको छ ।

अमेरिका, यूके, ईयू, यूएन र अफ्रीकन युनियनले राजनीतिक नेताहरूको रिहाइको माग गरेका छन् । ‘कू’ का नेता जेनेरल अब्देल फताह बुहरानले सैनिक कारबाहीको लागि आन्तरिक राजनीति कलहलाई दोष दिएका छन् । सेना र सरकारबीच लामो समयदेखि टकराब थियो । सेनाले सोमबार प्रधानमन्त्रीसहित थुप्रै नेतालाई गिरफ्तार गरेको थियो । ‘कू’ पछि अधिकांश इन्टरनेट र टेलिफोन सेवा काटिएको छ । विमानस्थल बन्द गरिएको छ र अन्तर्राष्ट्रिय उडान निलम्बन गरिएको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७