नाइजेरिया बन्यो डिजिटल मुद्रा प्रयोग गर्ने पहिलो अफ्रिकी मुलुक


९ कार्तिक २०७८, मंगलवार
buhari 6FzmcN6mBo
Muhammadu Buhari Photographer: Drew Angerer/Getty Images

काठमाडौं, ९ कात्तिक । नाइजेरिया डिजिटल मुद्रा प्रयोग गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । नाइजेरियाले डिजिटल मुद्रा ईनाइरा सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार नाइजेरियाले कारोबारको खर्च र आधिकारिक वित्तीय प्रणालीमा आफ्नो सहभागिता बढाउन भन्दै डिजिटल मुद्रालाई मान्यता दिने निर्णय गरेको हो ।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले टेलिभिजनबाट सन्देश जारी गर्दै डिजिटल मुद्राको प्रयोग र यसको ब्लकचेन प्रविधिले नाइजेरियाको अर्थतन्त्रमा महत्वपूर्ण सुधार ल्याउन सक्ने विश्वास व्यक्त गरेका छन् । उनले अबको १० वर्षमा नाइजेरियाको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) २९ अर्ब अमेरिकी डलर पुग्ने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार अहिले नाइजेरियाको जीडीपी ४८ करोड डलर छ ।

यसअघि गत फेब्रुअरीमा नाइजेरियाको केन्द्रीय बैंकले वित्तीय संस्थाहरुलाई क्रिप्टोकरेन्सीमा कारोबार गर्न नपाउने नियम ल्याएको थियो । अहिले नाइजेरियाले ल्याएको डिजिटल मुद्रा ईनाइराको भाउ नाइजेरियाको मुद्रासँग मिल्दो छ । डिजिटल मुद्राले आगामी दिनमा वैदेशिक व्यापारमा सहयोग पुग्ने नाइजेरियाको केन्द्रीय बैंकले बताएको छ । केन्द्रीय बैंकका अनुसार ईनाइराको भाउ सधैं यथावत रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७