एआइजीको दरबन्दी थप गर्न गृहमन्त्रीको आनाकानी


९ कार्तिक २०७८, मंगलवार
Balkrishna khad 1

काठमाडौं, ९ कात्तिक । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी थप गर्न गृहमन्त्री बालकृष्ण खाँडले आनकानी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले सहमति दिने बताउँदा पनि गृह मन्त्रालयबाट फाइल अघि बढाउन आनाकानी गरेका हुन् ।

नेपाल प्रहरीमा पाँच एआइजीको दरबन्दी आवश्यक रहेको भन्दै प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई आग्रह गरेको थियो । मन्त्रालयका सो आग्रह गरेपछि प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मालाई समेत प्रहरी प्रधान कार्यालयबाट आइजीपी शैलेश थापा क्षेत्रीसहितको टोलीले प्रधानमन्त्री देउवा र अर्थमन्त्रीलाई एआइजीको आवश्यकता र औचित्यबारे प्रष्ट पारेपछि मन्त्रालयबाट फाइल अघि बढाउन गृहमन्त्रीलाई निर्दैशन दिए पनि अहिलेसम्म फाइल अघि बढेको छैन ।

प्रहरी प्रधानकार्यालयले पाँच एआइजी दरबन्दीका लागि प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्ने प्रस्तावसहितको संगठन सुपरीवेक्षण तथा व्यवस्थापन (ओएण्डएम) प्रतिवेदन गृह मन्त्रालयमा पठाएको छ । त्यसबारे गृहमन्त्रालय र प्रहरी प्रधानकार्यालयको संयुक्त कार्यदलले सो ‘ओएण्डएम’ माथि छलफल समेत गरी टुंग्याएको छ ।

सबै प्रदेशमा सात एआइजी, प्रहरी प्रधानकार्यालयमा एक, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एक र महानगरीय प्रहरी कार्यालयमा एक गरी १० एआइजी दरबन्दी सिर्जना गरिएको छ । हाल नेपाल प्रहरीमा पाँच एआइजी रहेका छन् ।

त्यसैगरी पछिल्लो ओएण्डएमअनुसार नेपाल प्रहरीमा अनुसार ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पद थपिने छन् । ‘पाँच एआइजी, छ डिआइजी र एसएसपीको पद थप्नेबारे छलफल भइरहेको छ,’ गृहका एक अधिकारीले भने । उनका अनुसार सहमति लिनका लागि अर्थ मन्त्रालयसँग छलफल अघि बढेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७