लागुऔषधसहित वडाध्यक्ष पक्राउ


९ कार्तिक २०७८, मंगलवार
Capture1635218511

सिरहा, ९ कात्तिक । सिरहामा लागुऔषधसहित एक वडाध्यक्ष पक्राउ परेका छन् । सिरहा नगरपालिका– १८ का वडाध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित सोमबार साँझ पक्राउ परेका हुन् ।

भारतबाट फर्किंदै गर्दा माडरमा जाँच गर्ने क्रममा वडाध्यक्ष यादवको साथबाट लागुऔषध बरामद भएको सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार नाइट्रोभेट १५ पिस ट्याब्लेटसहित वडाध्यक्ष यादव पक्राउ परेका छन् ।

सरकारी नम्बर प्लेटको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा आइरहेका बेला उनको साथबाट लागुऔषध बरामद भएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए । पार्टी फुटे पनि उनी एमालेमै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७