बागमती प्रदेश सभामा विश्वासको मतका लागि तयारी पूरा


९ कार्तिक २०७८, मंगलवार
bagmati pradesh

हेटौंडा, ९ कात्तिक । बागमती प्रदेश सभाको बुधबार अपराह्न बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदैछिन् । उक्त कार्यका लागि सबै तयारी पूरा गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितको आवश्यक कर्मचारी खटाइएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । गत कात्तिक ४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकीले दलगत रूपमा प्रदेश सभाका सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रदेश सभामा हाल सत्तारुढ नेकपा (एमाले) का ४४, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का २३ र नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा)का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी एक सय नौ सदस्य छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७