४० लाख जनसंख्या भएको चिनियाँ शहर लान्झोउ लकडाउन


९ कार्तिक २०७८, मंगलवार
corona in china

काठमाडौं, ९ कात्तिक । चीनमा ४० लाख जनसंख्या बस्ने एक सहरमा लकडाउन गरिएको छ । गाङ्सू प्रान्तको राजधानी लान्झोउमा मंगलबारदेखि लकडाउन गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । लकडाउन गरिएको क्षेत्रमा स्थानीयलाई आपतकालीन अवस्थामा बाहेक घर बाहिर ननिस्किन भनिएको छ ।

चीनमा सोमबार मात्रै २९ जना कोरोनाका नयाँ संक्रमित फेला परेका थिए । जसमध्ये लान्झोउका मात्रै ६ जना थिए । घरेलु संक्रमणको दर बढ्न थालेपछि लान्झोउमा लकडाउन गरिएको समाचारमा उल्लेख छ ।

लान्झोउका अधिकारीले विज्ञप्ति जारी गर्दै शहरका बासिन्दाको आवतजावतमा कडाइ गरिने र अत्यावश्यक वस्तु किनमेल वा स्वास्थ्य उपचारका लागि मात्रै घर बाहिर निस्किन पाइने बताएका छन् । ‘सबै मानिस आफ्नो निवासभित्रै रहनुपर्ने छ’, अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि नै उत्तरी चीनमा हजारौं मानिसलाई घरभित्रै बस्न भन्दै कडा आदेश जारी गरिएको छ । चीनमा कोरोनाको ताजा संक्रमणलाई डेल्टा भेरियन्टसँग जोडेर हेरिएको छ । परीक्षण बढाउँदै जाँदा संक्रमितको संख्या पनि बढ्न सक्ने भन्दै अधिकारीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७