प्रधानन्यायाधीशबारे कांग्रेसमा चिन्ता छ : पौडेल


९ कार्तिक २०७८, मंगलवार
ramchandra paudel
फाइल फोटो

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराका बारेमा चिन्ता भएको बताएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन समिति र पदाधिकारी बैठकपछि उनले जबराबारे कांग्रेसलाई चिन्ता रहेको बताएका हुन् । ‘प्रधानन्यायाधीशबारे हामीलाई चिन्ता छ । न्यायालयमा असहज परिस्थिति बनेको छ,’ उनले भने, ‘न्यायालयको आन्तरिक मामिलामा हामीले ज्यादै कमेन्ट गर्दैनौं ।’

उनले कांग्रेसले न्यायालयमा राजनीतिक हस्तक्षेप गर्न नचाहेको पनि बताए । ‘हामीले न्यायालयमा हस्तक्षेप गर्न चाहेको होइन’, उनले भने, ‘तर, अहिले न्यायालयमा देखिएको कुरा चिन्ताजनक हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७