सर्वोच्चमा चोलेन्द्र शमशेर रहुञ्जेल वकालतमा जाँदैनौं : शम्भु थापा


९ कार्तिक २०७८, मंगलवार
Shambhu Thapa scaled

काठमाडौं, ९ कात्तिक । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदमा रहेसम्म नेपाल बार एसोसियशनले वकालत नगर्ने बताएका छन् ।

नेपाल बार सल्लाहकार समिति बैठकमा मंगलबार आफ्ना सुझाव राख्ने क्रममा उनले यस्तो बताएका हुन् । थापाले बैठकबाट बाहिरिने क्रममा यस्तो बताएका हुन् । थापाले नेपाल बार र र सर्वोच्च बार दुवैले बुधबारबाटै अदालतमा वकालत ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।

थापा नेपाल बारका पूर्व अध्यक्ष पनि रहेका छन् । ‘पछिल्लो समय न्याय क्षेत्रमा विचलन देखिएको छ । प्रधानन्यायाधीश आफैले निकास दिने विकल्प भनेको राजीनामा नै हो’, उनले भने, ‘प्रधानन्यायाधीश जबरा पदमा रहेसम्म नेपाल बारले वकालत ठप्प पार्छ । हामी बहस गर्न जाँदैनौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७