विश्वभरबाट अनलाइनमार्फत अवैध कारोबार गर्ने १५० पक्राउ


१० कार्तिक २०७८, बुधबार
cyber security

काठमाडौं, १० कात्तिक । विश्वभरबाट अनलाइनमार्फत अवैध सामग्रीको खरिद तथा बिक्री गर्ने १५० जना पक्राउ परेका छन् ।
युरोपोलका अनुसार अनलाइन कारोबारबारे गरिएको अहिलेसम्मकै ठूलो कारबाहीको क्रममा उनीहरु पक्राउ परेका हुन् । डार्कहन्टोर नाम दिइएको यो अपरेसनको क्रममा लाखौं युरो बराबरको नगद र बिटक्वाइनका साथै लागूऔषध र बन्दुक पनि बरामद गरिएको छ ।

यस्ता कार्य कुनै विशेष ब्राउजिङ सफ्टवेयरबाट मात्र चल्ने ‘डार्क वेब’ को माध्यमबाट हुने गर्छ । त्यसैले प्रहरीलाई पनि यस्ता गतिविधिको निगरानी गर्न निकै कठिन हुन्छ । यद्यपि यससँग सम्बन्धित मानिस र सरकारी सेन्सरसिपसँगको सहयोगमा यस्ता कार्य रोक्न सकिने युरोपोलले बताएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अहिले पक्राउ पर्नेमा सबैभन्दा धेरै अमेरिकाका ६५ जना मानिस छन् । त्यस्तै जर्मनीमा ४७ जना पक्राउ परेका छन् भने बेलायतमा २४ जना पक्राउ परेका छन् । इटाली र नेदरल्याण्ड्समा समान चार-चार जना पक्राउ परेका छन् ।

अवैध कारोबार हुने गरेको खुलेसँगै इटालीको प्रहरीले ‘डीपसी’ र ‘बर्लुस्कोनी’ मार्केटप्लेस बन्द गरेको छ । युरोपोलका सहायक निर्देशकले यसले यस किसिमको कार्य रोक्न विश्वभरको कानुन कार्यान्वयनको निकाय एक हुनुपर्ने बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७