‘गृहयुद्ध रोक्न सत्ता कब्जा’


१० कार्तिक २०७८, बुधबार
sudan1635302097

काठमाडौं, १० कात्तिक । सुडानका सशस्त्र बलहरूका प्रमुखले देशलाई गृहयुद्धबाट जोगाउन सरकार भङ्ग गरेको भन्दै सत्ता कब्जाको बचाउ गरेका छन् ।

सत्ता कब्जा गरेको घोषणा गरेपछि मंगलबारको पहिलो पत्रकार सम्मेलनमा जेनेरल अब्देल फताह अल बुरहानले सेनासँग सशस्त्र बलहरू विरुद्ध उक्साउने राजनीतिकर्मीहरूलाई पन्छाउनुको विकल्प नभएको बताए ।

‘हामीले गत हत्पा देखेका खतराहरूले देशलाई गृहयुद्धमा लान सक्थ्यो’ उनले भने । सोमबार गिरफ्तार गरिएका अब्दाल्ला हाम्दोक र उनको मन्त्रीमण्डलका सदस्यहरूलाई हानी नभएको र आफ्नै घरमा राखेको पनि जेनेरल बुरहानले बताए । लामो समयदेखि नेता रहेका ओमार अल बशिरलाई लोकप्रिय विद्रोहबाट हटाएको दुई वर्षपछि सैनिकको सत्ता कब्जा गरेपछि सुडानको लोकतन्त्रको संक्रमण रोकिदिएको अलजजिराले जनाएको छ ।

सुडानमा सैनिक ‘कू’ विरुद्ध लोकतन्त्र समर्थकहरूले गरेको प्रदर्शनमा सेनाले गोली चलाउँदा थुप्रै मानिसहरू मारिएका थिए भने सयौं घाइते भएका थिए ।

१२ देशका लागि सुडानका राजदूतहरूले सैनिकको सत्ता कब्जालाई अस्वीकार गरेका छन् । अमेरिका, यूएई, कतार, चीन, दक्षिण अफ्रिका, फ्रान्सलगायत देशमा रहेका राजदूतले सैनिक सत्ताकब्जालाई अस्वीकार गरेका हुन् । सैनिक ‘कू’ को पश्चिमा देशहरूले निन्दा गरेका छन् । अलजजिरा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७