गाडीको ठक्करबाट निलगाईको मृत्यु


१० कार्तिक २०७८, बुधबार
nil gai

सप्तरी, १० कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ । निलगाई आज बिहान मृतावस्थामा फेला परेको हो ।

सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । चालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

मृत निलगाईलाई प्रहरीले शम्भुनाथ सब डिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । प्रहरी, कर्मचारी र स्थानीयवासीको रोहवरमा मृत निलगाईलाई खाल्डोमा गाडिने डिभिजन वन कार्यालयका रेञ्जर लक्ष्मण साफीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७