काठमाडौं प्रहरी प्रमुखको सरुवा : गृहको निर्णय बालुवाटारले उल्टाई दियो


१० कार्तिक २०७८, बुधबार
Ashok Singh Kathmandu

काठमाडौं, १० कात्तिक । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको सरुवालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीबीच असमझदारी देखिएको भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले सिंहको काज सरुवा गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा उनको सरुवा रोकिएको छ ।

गृह मन्त्रालयले सिंहको सरुवा भैरहवा विमानस्थल गरेर उनको ठाउँमा केन्द्रीय अनुसन्धान व्युरोमा रहेका एसएसपी सुदीप गिरीलाई ल्याउने निर्णय गरेको थियो । तर, सिंहले अन्तिममा सुदूरपश्चिममा कांग्रेसका नेताहरुमार्फत दबाव दिएर सरुवा रोक्न सफल भएका हुन । गृहमन्त्री खाँण प्रधानमन्त्रीको अगाडि उनको सरुवा रोकेर निरीह बनेका छन् ।

गृह मन्त्रालयका एक अधिकारीले उनको सरुवा भएको दावी गरे पनि अन्तिममा आएर रोकिएको दावी गरेका छन् । उनी चार महिना अघि काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारीमा आएका थिए । एसएसपी सिंहलाई काठमाडौं ल्याउन तत्कालीन अख्तियार प्रमुख नविन घिमिरेको भूमिका थियो ।

गृह मन्त्रालयका अधिकारीहरु भने सरुवाबारे अनिभिज्ञता प्रकट गर्छन् । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने काज सरुवा गर्ने निर्णय भएको पुष्टि गरे । उनले भने, ‘तर आज फेरि सरुवा कार्यान्वयन नगर्न आदेश आएको छ ।’

काठमाडौं प्रहरी प्रमुखको रुपमा सिंहको एक वर्षे कार्यअवधि पूरा हुन चार हप्ता बाँकी थियो । सामान्यतया कुनै पनि प्रहरी कार्यालयको इञ्चार्जलाई कम्तिमा एक वर्षसम्म सरुवा गरिंदैन ।

काठमाडौं प्रहरी प्रमुखको रुपमा उनको भूमिकालाई लिएर प्रश्नहरु उठिरहेका थिए । सिंहबाट कार्य सम्पादन राम्रो हुन नसकेको भन्दै उनको सरुवा गर्न गृह मन्त्रालयलाई दबाव थियो । पछिल्लो समय प्रहरी प्रशासनको सरुवा बढुवामा गृह मन्त्रालय भन्दा बालुवाटार हावी बन्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७