सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारियो, केरकार गरेर मात्र प्रवेश


१० कार्तिक २०७८, बुधबार
sarbochha

काठमाडौं, १० कात्तिक । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । न्यायालयभित्र बढ्दो विवादका बीच सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

सर्वोच्च अदालतमा समाचार संकलनका लागि खटिएका पत्रकार समेतलाई प्रवेशमा कडाइ गरिएको छ । यस्तै रामशाहपथ क्षेत्रमा सुरक्षा बढाइएको छ । अदालत परिसरमा हिजोभन्दा बढी प्रहरी परिचालन गरिएको छ । प्रवेश पास भएकाहरुलाई पनि ‘केरकार’ गरिएको छ ।

न्यायाधीश, नेपाललगायतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्दै आएका छन् । तर प्रधानन्यायाधीशले राजीनामा नदिने अडान राख्दै बुधबार पनि सर्वोच्चमा सुनुवाइ जारी राखे । सर्वोच्चका बाँकी न्यायाधीश भने इजलासमा प्रवेश गरेका छैनन् ।

पछिल्लो केही दिनयता न्यायाधीसहरुसहित नेपाल बार समेतले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन् भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिने बरु महाभियोग लागे त्यसको फेस गर्न तयार रहने बताउँदै आएका छन् । प्रधानन्यायाधीश आफ्नो सीमा नाघेर व्यक्तिगत लाभको कार्यमा लागेको आरोपसहित न्यायालयमा विवाद देखिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७