सर्वोच्चमा प्रधानन्यायाधीशको मात्र इजलास : चार अन्तरिम आदेश, दुई वटा आदेश


१० कार्तिक २०७८, बुधबार
Cholendra Rana sKByQ3O0WS

काठमाडौं, १० कात्तिक । सर्वोच्च अदालतमा आज (बुधबार) प्रधानन्यायाधीशको एकल इजलास मात्र बसेको । ११ वटा इजलास तोकिए पनि अन्य न्यायाधीशले बहिष्कार गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो इजलासका सबै मुद्दाहरू सकेका हुन् ।

बुधबार बसेको इजलासमा प्रधानन्यायाधीश जबराले चारवटा मुद्दामा अन्तरिम आदेश दिएका छन् भने दुई वटा मुद्दाको आदेश सुनाएका छन् । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने आदेश भएको छ ।

यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दामा निवेदन फिर्ता लिने आदेश भएको छ भने ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ ।

यस्तै कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७