९४ तोला चाँदीसहित एक जना पक्राउ


१० कार्तिक २०७८, बुधबार
pakrau
फाइल फोटो

मोरङ, १० कात्तिक । मोरङको छालगाछीबाट बिल नभएको ९४ तोला चाँदीसहित एक जना पक्राउ परेका छन् । रतुवामाई नगरपालिका–३ छालगाछीका ३० वर्षीय धर्बेन्द्र शर्मालाई हिजो मङ्गलवार बेलुकी पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चाँदीको तार बनाइ ल्याएको अवस्थामा शर्मा पक्राउ परेका हुन् । बरामद चाँदीसहित उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी विराटनगर पठाइएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७