गोरखाका ११ मध्ये नौं पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन


१० कार्तिक २०७८, बुधबार
CPN UML flag Logo

गोरखा, १० कात्तिक । नेकपा एमालेको १० औ महाधिवेशन अन्तर्गत जिल्लाको पालिका अधिवेशन सम्पन्न भएको छ । मंगलवार चुमनुव्री र शहिद लखन गाउँपालिका वाहेक अन्य पालिकामा अधिवेशन सम्पन्न भएको उक्त पार्टीले जनाएको छ ।

गोरखा नगरपालिकामा देवीबहादुर बस्नेत अध्यक्ष रहेको नयाँ कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा राजेन्द्र तिवारी, सचिव शम्भु थापा, उपसचिव मानबहादुर राना र कृष्णबहादुर बिक चयन भएका छन् ।

पालुङटार नगरपालिकाको अध्यक्षमा वसन्तकुमार श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षमा दिनेश अधिकारी, सचिवमा प्रकाश न्यौपाने र उपसचिवमा नारायण बराकोटी र राममाया राना सर्वसम्मत चयन भएको पार्टी जिल्ला कमिटि सचिव कृष्ण नेपालीले जानकारी दिए ।
धार्चे गाउँपालिकामा सुक बहादुर घले अध्यक्ष रहेको नयाँ कमिटि गठन भएको छ । उपाध्यक्षमा धन कुमार घले, सचिव राम गुरुङ र उपसचिवमा रमेश गुरुङ र बिर बहादुर गुरुङ चयन भएका छन् ।

भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा सुजन सिंखडा चयन भएका छन् । उपाध्यक्षमा नवराज पोखरेल, सचिव हरि सिंखडा र उपसचिवमा निल प्रसाद खनाल र कमला भट्ट चयन भएको जिल्ला कमिटि सचिव नेपालीले जानकारी दिए ।

गण्डकी गाउँपालिकाको अध्यक्षमा बिष्णु पन्त चयन भएका छन् । उपाध्यक्षमा इन्द्रबहादुर बिक, सचिवमा भिमलाल श्रेष्ठ र उपसचिवमा लिला बहादुर पाण्डे र बिमला चेपाङ चयन भएका छन् । त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा हरिबहादुर बस्नेत चयन भएका छन् । उपाध्यक्षमा खेम घले, सचिवमा सुजन गुरुङ, उपसचिवमा हरिकुमार श्रेष्ठ रहेका छन् ।

अजिरकोट गाउँपालिकाको अध्यक्षमा लिला बहादुर सुनार अध्यक्ष रहेको नयाँ कमिटि गठन गरिएको छ । उपाध्यक्षमा सिंहबहादुर तामाङ, सचिव सर्मिला तामाङ, उपसचिवमा शेरबहादुर गुरुङ र कमल भट्ट चयन भएको पार्टीले जनाएको छ ।

सिरानचोक गाउँपालिकाको अध्यक्षमा बिराज गुरुङ चयन भएका छन् । मोहन शाही उपाध्यष, ज्ञानराज गुरुङ सचिव र शिव पोखरेल उपसचिवमा चयन भएको बताइएको छ । आरुघाट गाउँपालिकामा मेनबहादुर अधिकारी अध्यक्ष रहेको नया कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा राजेन्द्र राना, सचिव सूर्य दाहाल, उपसचिवमा सिरबल बराम र प्रेम गुरुङ चयन भएका छन् ।

चुमनुव्री र शहिद लखन गाउँपालिकाको अधिवेशन केही दिन पश्चात गर्ने नेकपा एमाले गोरखाले जनाएको छ । उक्त पार्टीले कात्तिक ६ गते वडा अधिवेशन सम्पन्न गरेको थियो । कात्तिक २० देखि २५ भित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट गर्ने पार्टी जिल्ला कमिटी सचिव नेपालीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७