नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक अलमुताइरीले गरे तीन वर्ष रहन सम्झौता


१० कार्तिक २०७८, बुधबार
allmuhi tayari

काठमाडौं, १० कात्तिक । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी तीन वर्षे सम्झौताका लागि तयार भएका हुन् ।

‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली फुटबललाई अर्को स्तरमा पुर्‍याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस् ।’ उनले छिट्टै नै आफ्नो दुई वर्षको लक्ष्य र योजनाको बारेमा जानकारी दिने बताएका छन् । नेपाली फुटबललाई राम्रो बनाउनका लागि आफू लाग्ने बताउँदै त्यसका लागि केही समय दिन आग्रह गरेका छन् ।

उनले नेपाली फुटबल फ्यानहरूलाई आफूप्रति देखाएको सद्भाव र मायाको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सधैं मुटुमा राख्न आग्रह गरेका छन् । उनले नेपाली टीमलार्ई सधैं सहयोग, सद्भाव र माया गर्न आग्रह गर्दै सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७