वागमती प्रदेशमा भोलि ३ बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान


१० कार्तिक २०७८, बुधबार
bagmati pradesh

हेटौंडा, १० कात्तिक । वागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् ।

वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै प्रदेश प्रमुखले बिहीबार दिउँसो ३ बजेसम्म दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् ।

bagmati 27102021123534 1000x0 1

शर्माले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि कात्तिक ११ गते बिहीबार दिउँसो ३ बजेसम्मका लागि समय दिएर प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभाका सदस्यहरुलाई आह्वान गरेको प्रवक्ता कृष्ण आचार्यले जानकारी दिएका छन् ।

वागमतीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनाउन कांग्रेस, माओवादी र जसपाले आन्तरिक तयारी गरिसकेका छन् । उनीहरु बुधबार साँझ नै केही बेरमा दावी पेश गर्न बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखकहाँ जानेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७