ताप्लेजुङ बन्यो कोरोना संक्रमणमुक्त


१० कार्तिक २०७८, बुधबार
corona negative1 pqM6iouwpy

ताप्लेजुङ, १० कात्तिक । ताप्लेजुङ कोभिड–१९ संक्रमणमुक्त जिल्ला भएको छ । पछिल्लो पटक संक्रमित भई होम आइसोलेशनमा बसेका पाथीभरा यांकवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङ कोरोना संक्रमणमुक्त जिल्ला भएको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबारदेखि यो जिल्ला कोभिडमुक्त बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका संक्रमणमुक्त भएपछि सोमबारदेखि ताप्लेजुङ नै संक्रमणमुक्त जिल्ला बनेको हो । जिल्लाको नौ स्थानीय तहमध्ये पाथीभरा याङ्वरक गाउँपालिका बाहेक सबै पालिका यसअघि नै संक्रमणमुक्त भइसकेका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७