नेकपा (एस) मा कार्य विभाजन, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

सम्मानित नेता झलनाथ खनाल विदेश विभाग प्रमुख, प्रदीप नेपाल पार्टी प्रतिष्ठान इञ्चार्ज


१० कार्तिक २०७८, बुधबार
madhav 2

काठमाडौं, १० कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन गरेको छ ।
असोज ५–७ गतेको केन्द्रीय कमिटी बैठक र २१ असोजको स्थायी कमिटीले गरेका निर्णयलाई अन्तरपार्टी निर्देशन मार्फत प्रेषित गरिएको हो ।

कार्य विभाजनमा माधवकुमार नेपालले अध्यक्षको नाताले समग्र पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् । झलनाथ खनाललाई सम्मानित नेताको पद तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । मुकुन्द न्यौपाने तेस्रो वरीयतामा छन् भने उद्योग, वाणिज्य विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । प्रदीप नेपाल पार्टी सम्बद्ध प्रतिष्ठानहरूको इञ्चार्ज तोकिएका छन् ।

त्यसैगरी, उपाध्यक्ष राजेन्द्र पाण्डेले राजकीय मामिला विभाग प्रमुख, प्रमेश हमालले स्कूल विभाग प्रमुख र बेदुराम भुसाल सङ्गठन विभाग प्रमुख तोकिएका छन् ।
तोक्यो सात प्रदेश इञ्चार्ज
नेकपा (एकीकृत समाजवादी) ले सातै प्रदेश सातै प्रदेश कमिटी गठन गरेको छ । प्रदेश कमिटीमा सो पार्टीले इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ ।

जसमध्ये प्रदेश–१ को इञ्चार्ज घनेन्द्र बस्नेत तोकिएका छन् भने प्रदेश–२ को इञ्चार्ज धर्मनाथप्रसाद साह, वागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भावत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिममा गरिमा साह इन्चार्ज तोकिएका छन् ।
हेर्नुस् कार्यविभाजन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७