सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी मन्दिप श्रेष्ठ


१० कार्तिक २०७८, बुधबार
mandip

काठमाडौं, १० कात्तिक । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मन्दिप श्रेष्ठ तोकिएका छन् ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई सम्पर्क गर्न मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना [email protected] रहेको छ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी श्रेष्ठलाई दिइएको एपीएफले जनाएको छ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले सो जिम्मेवारी बुझ–बुझारथ गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७