२०७८ कात्तिक ११ गते बिहीबारको तपाईको राशिफल


११ कार्तिक २०७८, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहला । आर्थिक कारोबारमा मन्दी आउने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । शिक्षामा सफलता मिल्ने छ । शेयर बजारले पनि साथ दिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्ने छ, तर साँझमा राम्रो खबर पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । छोटो दूरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकांक्षा पूर्ण हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शुभारम्भको चर्चा चल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्ने छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आए पनि स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ बढी सचेत रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७