बागमतीमा नेकपा (एस) का राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै, आजै यी तीन मन्त्रीको शपथ


११ कार्तिक २०७८, बिहीबार
rajendra pandey

काठमाडौं, ११ कात्तिक । वागमती प्रदेशको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ ।
नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै छन् । पाण्डेले बुधबार नै प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

वागमती प्रदेशमा सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ । प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थन प्राप्त भएको छ । वागमती प्रदेशमा आज नै नयाँ सरकार गठन हुने निश्चित छ । मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनले प्रत्येक दलबाट एक एक जनाले मन्त्रीमा शपथ लिने भएका छन् ।

नेपाली कांग्रेस प्रदेश सभा एक सदस्यका अनुसार आज पाण्डेसँगै नेपाली कांग्रेसबाट कृष्ण भँडेलले सपथ लिँदैछन् । माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एसबाट कृष्ण खनालले पनि मन्त्रीको रुपमा सपथ लिँदैछन् । ‘मन्त्रालयको विषय शपथ लिनु अघिसम्म टुंगोमा पुग्छ, अहिले यति नाम टुंगिएको हो’, उनले भने । ती नेताका अनुसार बाँकी मन्त्रिपरिषद् विस्तार तिहार पछाडि गर्ने गठबन्धनको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७