एमाले बेनी नगर कमिटीको अध्यक्षमा नारायण जिसी निर्वाचित


११ कार्तिक २०७८, बिहीबार
narayan ozLZ7nZCoy

म्याग्दी, ११ कात्तिक । नेकपा एमालेको बेनी नगर कमिटीको अध्यक्षमा नारायण जिसी निर्विरोध निर्वाचित भएका छन् । मंगलवारदेखि बेनीमा शुरु भएको प्रथम नगर अधिवेशनका क्रममा नारायण जिसी, चन्द्रकुमार केसी र राजकुमार थापाले नगर अध्यक्षमा दावी गरेपछि लम्बिएको थियो ।

अध्यक्षका आकांक्षी राजकुमार थापाले दाबी फिर्ता लिएपछि जिसी र चन्द्रकुमार केसीबीच सहमति गराउनका लागि पार्टी नेतृत्वले बुधबार दिनभर गरेको प्रयासपछि राति सहमति भएकाले जिसी निर्विरोध भएका हुन् । उपाध्यक्षमा लिलाराम गौतम, सचिवमा सुवास विश्वकर्मा, उपसचिवमा लक्ष्मण कटुवाल र हिराबहादुर थापा चयन भएको एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले जानकारी दिए ।

एमालेको म्याग्दीका पालिकाहरुमा भएको अधिवेशनबाट अध्यक्षमा धवलागिरीमा होमबहादुर थापा, मालिकामा बेगप्रसाद गर्वुजा, मंगलामा सतप्रसाद रोका र रघुगंगामा प्रेमबहादुर कार्की सर्वसम्मत निर्वाचित भएका छन् । अन्नपूर्ण गाउँपालिकामा सहमति नजुटेकाले अधिवेशन अनिश्चित बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७