पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको निधन


११ कार्तिक २०७८, बिहीबार
Bhairab Prasad Lamsal

काठमाडौं, ११ कात्तिक । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको आज (बिहीबार) बिहान निधन भएको छ । चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत ८४ वर्षीय लम्सालको आज बिहान निधन भएको उनकी भतिजी अमृता लम्सालले जानकारी दिइन् ।

लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए । उनले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भनी चिन्ने गरिन्छ । उनी स्वास्थ्य समस्याका कारण केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचाररत थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७