ज्ञानेन्द्र ढुङ्गानाको सेटिङमा एनआईसीमाथि सिन्डिकेट !


२८ फाल्गुन २०७४, सोमबार
dhungana

काठमाण्डौं, २८ फागुन : एनआईसी एसिया बैंकले बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदर अन्य वैंकको कारोबार प्रभावित गर्ने गरी वृद्धि गरेका कारण अन्तर बैंकिङ्ग कारोबार बन्द गरिएको भनिए पनि यसको भित्रि रहस्य फरक देखिएको छ ।dhungana

बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गर्ने निर्णय भएको हो । शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले एनआईसी एसियासँग कुनै पनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले जानकारी दिएका छन् । बैंकले संघको भद्र सहमति नमानेको भन्दै राजीनामा दिनुपरेपछि लक्ष्मण रिसालको सेटिङमा ज्ञानेन्द्र ढुङ्गानाले बैंकर्स संघमार्फत यस्तो निर्णय गराएका हुन् ।

गत शुक्रबार संघमा आवद्ध बैंकहरुले बचत खातमा ८ र एक वर्षे मुद्धतिमा ११ प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्ने सहमति गरेको भएपनि एनआइसी एसिया बैंकले सो सहमति नमानेको भन्दै संघले यस्तो कठोर निर्णय लिएको हो । यस्तो निर्णय लिनुकोपछि अरु बैंकहरुले एनआइसी एसिया बैंकसँग प्रतिष्पर्धा गर्न नसक्ने हुनु बाध्यता भएको अन्य बैंकरहरु बताउँछन् । नेपाल बैंकर्स संघको सहमति नमानेको भन्दै बैंकर्स संघले एनआइसी एसिया बैंकसँग कारोबार नगर्ने निर्णय गरेपछि बैंकसँग कारोबार गरिरहेका सर्वसाधरण समस्यामा परहेका छन् ।

‘एनआईसी एसिया बैंकका पछिल्ला गतिविधिले बैंकिङ क्षेत्रमा सिस्टमेटिक रिस्क ल्याउने देखेकाले तत्कालका लागि इन्टर बैंक ट्रान्ज्याक्सन बन्द गर्ने निर्णयमा पुगेका हौं,’ अध्यक्ष ढुङ्गानाले भने, ‘बैंकमा सीईओले पनि राजीनामा दिएपछि बैंकिङ प्रणालीमा जोखिम देखेपछि एनआईसीसँगको कारोबार बन्द गरेका हौं ।’ बैंकर्स संघले ब्याजदरबारे नियमन गर्न नमिल्ने भन्दै उनले राष्ट्र बैंकको नियमभित्रै रहे ब्याजदर वृद्धिको निर्णय भएको उनले बताए । यस विषयमा थप छलफल गर्न बैंकर्स संघले आइतबार पनि बैठक डाँकेको छ ।

यता नेपाल बंगलादेश बैंकमा सीइओ रहेका र पछिल्लो समय पटक–पटक विभिन्न विवादमा मुछिंदै आएका ढुङ्गानाले बैंकले १२५ ब्याज दिंदा आफ्नो बैंकमा बचत कमजोर हुने भएपछि संघलाई प्रयोग गरेर एनआइसी एसियामाथि ‘अन्याय’ गरेको विश्लेषण गरिएको छ । यसले एकातर्फ बढी ब्याज पाउने जनताको अधिकारमाथि धावा बोलेको स्पष्ट देखिएको छ भने अर्कोतर्फ प्रतिष्पर्धा गरेर भन्दा सिन्डिकेट गरेर बैंकिङमा टिकिरहनेहरु सल्बलाउने समेत स्पष्ट देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७