महाकालीमा डुंगा दुर्घटना : बेपत्ता दुईमध्ये किशोरीको शव भेटियो


११ कार्तिक २०७८, बिहीबार
dunga karnali

बैतडी, ११ कात्तिक । बैतडीमा महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एक किशोरीको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।

बैतडी प्रहरीका अनुसार बुधबार साँझ डुंगा पल्टिँदा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउदको मृत्यु भएको हो भने सोही स्थानका ८ वर्षीय सन्दीप साउद महाकाली नदीमा बेपत्ता भएका हुन् ।

बैतडी जिल्ला प्रहरीका कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार १० जना चढेको डुंगा शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा बुधबार साँझ दुर्घटनामा परेको हो ।

त्यस क्रममा बेपत्ता भएका मीना र सन्दीपमध्ये आज बिहान ७ः३० बजे मीनाको शव महाकाली नदी किनारमा फेला परेको हो । सन्दीपको खोजी जारी रहेको प्रहरीले जनाएको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७