प्रधानन्यायाधीशको एकल इजलासमा ३० मुद्दा


११ कार्तिक २०७८, बिहीबार
Cholendra Rana sKByQ3O0WS

काठमाडौं, ११ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज (बिहीबार) का लागि आफूसहितका इजलास तोकेका छन् । उनले आफ्नो एकलसहित १६७ पेशी तोकेका हुन् ।

विहीबारका लागि उनले बृहत् पूर्ण इजलास, संयुक्त इजलास साथै एकल इजलास तोकेका हुन् । प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा ३० वटा मुद्दा राखेका छन् । पदबाट राजीनामा दिनुपर्ने चर्को दबाबमा परेका जबराले विवादकैबीच बुधबार पनि ११ इजलास तोकेका थिए ।

जसमध्ये जबराको एकल इजलासमा सुनुवाइ भए पनि अन्य इजलासमा भने सुनुवाइ हुन सकेन् । सोमबार र मङ्गलवार कुनै पनि मुद्दामा सुनुवाइ हुन सकेको थिएन । बुधबार उनले आफ्नो एकल इजलासमा पाँच वटा निवेदनमा सुनुवाइ गरेका थिए।

गएको सोमबारदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएपछि सोमबार र मंगलबार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन गरेका थिएनन् । तर बुधबार भने पेसी तोकेका थिए । प्रधानन्यायाधीश जबरामाथि न्यायिक विचलन, राजनीतिक भागबन्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७