सर्वोच्चको आज पनि ‘फुल कोर्ट’ बैठक, इजलास भने नबस्ने


११ कार्तिक २०७८, बिहीबार
sarbocha

काठमाडौं, ११ कात्तिक । सर्वोच्च अदालतमा आज (बिहीबार) पनि ‘फुल कोर्ट’ (प्रधानन्यायाधीश र न्यायाधीहरूको पूर्ण बैठक) बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अदालत नियमित सञ्चालन गर्न र न्यायालयमा उठेका प्रश्नको समाधान खोज्न भन्दै सोमबार डाकेको बैठकमा बस्न तयार नभएका न्यायाधीशहरू त्योभन्दा फरक विषयका लागि फुल कोर्ट बैठकमा बस्न लागेका हुन् ।

सर्वोच्च अदालतका पूर्वन् यायाधीश भैरव लम्सालको निधनको शोकमा शोक प्रस्ताव पारित गर्न आज सर्वोच्चको फुल कोर्ट बैठक बस्न लागेको हो । एक न्यायाधीशका अनुसार शोक प्रस्ताव पारित भइसकेपछि सर्वोच्चमा इजलास सञ्चालन नगर्ने अभ्यास छ । सोही कारण सर्वोच्चमा आज पनि काम–कारबाही नहुने उनको भनाइ छ ।

बुधबार पनि सर्वोच्चको फुल कोर्ट बैठक बसेको थियो । सर्वोच्चका पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गरेपछि फुल कोर्ट बैठक सकिएको थियो । न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई विवादमा तानिएका कारण प्रश्न उठेकाले मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । प्रधानन्यायाधीशले भने संवैधानिक बाटोबाट बाहेक आफू बिदा नहुने बताइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७