नक्कली नोटसहित एक जना पक्राउ


११ कार्तिक २०७८, बिहीबार
pakrau
फाइल फोटो

महोत्तरी, ११ कात्तिक । महोत्तरीको गौशालामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । प्रहरीले गौशाला बजारबाट ८ लाख ९७ हजार ४ सय ३५ नेपाली रुपैयाँ र २ लाख ८० हजार ९ सय २९ भारतीय रुपैयाँसहित गौशाला नगरपालिका–९ डुवरबन्नाका सुकन महतोलाई पक्राउ गरेको हो ।

सुकन तरकारी व्यापारी हुन् । तरकारी किन्ने गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि घटना बाहिर आएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । आजै जलेश्वरमा पत्रकार सम्मेलन गरी पक्राउ परेकाबारे सार्वजनिक गरिने तयारी भएको प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७