माछा मार्ने अधिकार विवाद : फ्रान्सले समात्यो बेलायती डुङ्गा


११ कार्तिक २०७८, बिहीबार
UK

काठमाडौं, ११ कात्तिक । माछा मार्ने अधिकारबारे बढेको विवादबीच फ्रान्सले बेलायतको एक डुङ्गालाई नियन्त्रणमा लिएको छ । साथै अर्को एउटा डुङ्गालाई मौखिक चेतावनी दिएको छ ।

बेलायत युरोपेली संघ (ईयू)बाट बाहिरिएसँगै युरोप र बेलायतबीच समुद्रमा माछा मार्ने क्षेत्रबारे विवाद छ । फ्रान्सका युरोपेली मामिलाका मन्त्री क्लेमे बेनोले सीन्युज टीभीसँग कुरा गर्दै बेलायतले फ्रान्सलाई माछा मार्ने अनुमति नदिँदासम्म फ्रान्सले पनि बेलायती डुङ्गालाई माछा मार्ने अनुमति नदिने बताएका छन् ।

उनले भने, ‘हामीले अहिलेसम्म वार्ताको बाटो अपनाएका थियौं तर हामीले आधामात्र अनुमति पायौं । त्यसैले अब हामीले शक्तिको भाषाकै प्रयोग गर्नुपर्ने भएको छ । किनकी बेलायती सरकारले यही तरिकालाई राम्रोसँग बुझ्न सक्छ ।’ बेलायतले भने फ्रान्सले आफ्नो डुङ्गालाई कब्जामा लिनु खेदजनक रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७