बालबालिकाका लागि एक करोड खोप आउँदैछ : स्वास्थ्यमन्त्री

‘मेरो कार्यकालमा भ्रष्टाचार देख्न पाउनु हुन्न’


११ कार्तिक २०७८, बिहीबार
birodh khatiwada 28102021101846

काठमाडौं, ११ कात्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफ्नो कार्यकालमा भ्रष्टाचार नहुने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्चले बिहीबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले आफ्नो कार्यकालमा अनियमितता भएको सुन्न नपर्ने बताएका हुन् ।

‘मेरो कार्यकालमा सकभर भ्रष्टाचार तथा अनिमितता भयो भनेर लेख्न र सुन्न पाउनु हुन्न र पाउन दिन्न भनेर अठोट गरेको छु,’ खतिवडाले भने । ‘नयाँ मान्छे फेरिने बित्तिकै झ्याप्पै नयाँ योजना आउँछ भन्ने मलाई विश्वास लाग्दैन । मैले सबै कुरा बुझेपछि के गर्न सकिन्छ भन्ने हो । अहिलेको प्राथमिकतामा हरेक नागरिकले खोप पाउनबाट कोही पनि वञ्चित हुन नपर्ने र छिटो कसरी खोप अभियान सम्पन्न कुरामा ध्यान दिनुपर्नेछ,’ उनले भने ।

त्यस्तै उनले १५ दिनभित्र एक करोड डोज कोरोना खोप आइपुग्ने पनि बताए । ‘१८ वर्षमाथिकाले अहिलेसम्म लगाए । अब १२ वर्ष माथिकालाई पनि लगाउने मिल्ने खोप डब्लूएचओले मान्यता दिइसकेको फाइजर र मोडर्नाको एक करोड डोज खोप बुक गरिसकेका छौँ । ५० लाखलाई लगाउन पुग्छ । सम्भवतः १५ दिन आसपासमा आउँछ ।’

त्यसैगरी भारत र चीनले मान्यता पाएपछि १२ वर्ष मनिका बालबालिकालाई लगाउन मिल्ने कोभिडविरुद्धको खोप पनि ल्याउन प्रक्रिया सुरु गरिने उनले जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७